0 COMMENTS

काठमाडौँ १७ मङ्सिर०७५/ धार्मिक संगठन नेपाल सनातन धर्म सस्कृति संगठनको केन्द्रिय पदाधिकारीहरुको बैठक बसेको छ ।उक्त बैठकले देशका समसामयिक विषय बस्तु बारे छलफल गर्दै एक प्रेश बिज्ञप्ति  जारि गरेको छ ।

बिज्ञप्तिमा निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई सिघ्र छानबिन गरि कानुनि कठघरामा ल्याउन र उक्त घटनामा प्रहरी प्रसासनकै लापरबाही देखिएकोले छानबिन गरि न्याय दिनुपर्ने मा सरकारबाट ढिलासुस्ती गरेकाे भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छ ।

त्यस्तै बिबादस्पद आइएनजिओ ले गरेको सम्मेलन मा सरकारको सहभागिता सहकार्य तथा इसाई धर्म प्रचारको आरोप लागेको संस्थाको कार्यक्रम मा सरकार को सहभागिता बारे आगामी दिनमा यस्ता कार्यक्रम नगर्न नगराउन चेतावनि सहित ध्यानाकर्षण गरेका र कार्यक्रमको बिरोध गर्दा हिन्दु स्वामी, हिन्दु नेताहरुलाई प्रहरी प्रशासनले धरपकड गरि पक्राउ गरेको र  पक्राउ परेकाहरूलाइ तत्काल रिहाइको मागसहित लोकतन्त्रको अबमुल्यन भएको आरोपलगाएको छ ।

त्यस्तै संगठनले विभिन्न रुपमा सक्रिय बाहिरिया इसाई मिसिनरी संस्थाहरुले देशको धर्म सस्कृति परम्परा माथि धावा बोल्दै बिभिन्न प्रलोभनमा पारि धर्म परिवर्तनका कार्यहरु गर्दैगराउदै आएरहेकाले सम्पुर्ण ओमकार परिवार लाइ एक हुन समेत आग्रह गरेको छ ।

उक्त बैठकले आगामी पुस १० गते हुने काठमाडौँ जिल्ला स्तरिय धार्मिक भेलालाई सफल पार्नकालागि हरेक स्थानीय तहमा संगठन विस्तार गर्ने निर्णय गरेको समेत संगठनका प्रवक्ता आचार्य श्री सुजन शास्त्रीले जानकारी दिए ।अन्तिममा संगठनका तर्फवाट उपाध्यक्ष ज्योतिष पंडित श्री खिलनाथ काफ्ले काे राराताल भ्रमणको क्रममा दुर्घटनामा परि दाहिने खुट्टा भाँचिएकोले उनकोको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरीएको छ ।
यस्तो छ प्रेस बिज्ञप्ति

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।