0 COMMENTS

लहान, १७ मङ्सिर ०७५/ नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।

प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिकालगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरी जरिवाना तिराएको हो ।

विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहाबट गरिरहेको अवस्थामा सबैजनालाई पक्राउ गरिएका प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख दीगम्बर यादवले जानकारी दिनुभयो ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी जरिवानाबापत रु ५१ हजार ३७१ राजश्व सङ्कलन भएको प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार सो क्रममा विद्युत् मिटर चार थान, पङ्खा तीन थान र टिभी तीन थानलगायतका सामान बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।