0 COMMENTS

सिरहा ३०कार्तिक०७५/ सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी पसलमा आगलागी हुँदा लाखाैको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका सम्र्पूण समानहरु जलेर खरानी भएको इलाका प्रहरी कार्यालय गोलबजारले बताएको छ ।

विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । पीडितले दिएको जानकारीअनुसार आठलाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी हुँदा पसलमा कोही थिएन् । आगलागी सुरु भएपछि स्थानीयले नै पसलका प्रोपराइटर राजेश महतोलाई खबर गरेका थिए ।आगलगाी भएलगत्तै तत्काल घटनास्थलमा पुगेर प्रहरीले आगो निभाएकोे इलाका प्रहरी कार्यालय गोलबजारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।