0 COMMENTS

राँझा, २९ कात्तिक ०७५/ नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा आज भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

नेपाली सेनाको टोलीले पुष्पलाल चोकमा राखिएको प्लाष्टिकको झोला डोरीले तानेर नजिकैको वाटरपार्कको खाली जग्गामा पु¥याएर निष्क्रिय पारेको हो । वाटरपार्कमा पहिलो पटक निष्क्रिय पार्नेक्रममा विष्फोट नभएपछि दोश्रो प्रयासमा विष्फोट भएको थियो । घरेलु पाइपबम रहेको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।

नेपालगञ्जको व्यस्त पुष्पलाल चोकमा राखिएको उक्त वम हटाउने क्रममा बिहीवार दिनभर नेपालगञ्जको जनजीवन त्रसित हुन पुगेको थियो । बिहीबार बिहान नौ बजेतिर पुष्पलालको शालिकमुनि प्लाष्टिकको झोला भेटिएपछि बमको आशंका गरिएको थियो । बम भए नभएको एकिन गरी निष्क्रिय पार्न प्रहरीले खबर गरेपछि राँझास्थित नेपाली सेनाको व्यारेकबाट आएको सेनाको टोलीले बम राखेको झोला डोरीले तानेर नजिकैको वाटरपार्कको खाली जग्गामा पु¥याई निष्क्रिय पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।