0 COMMENTS

नमराज भट्ट,काठमाण्डाै२८कार्तिक०७५/बिश्व मधुमेह दिवसको अवसरमा थानकोट स्थित सगरमाथा पोलिक्लिनिक प्रा. लि तथा बाँडभञ्ज्याङ स्वास्थ्य चौकीको संयुक्त आयोजनामा बृहत् स्वास्थ्या शिविरको आयोजना भएको छ।

बिशेष गरी मधुमेहका बिरामीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा एक सय पच्चास जाना बिरामीहरूको स्वास्थ्य परिक्षण भएको कुरा सगरमाथा पोलिक्लिनिकका कार्यकारी निर्देशक सुबोध हरि सोतीले जानकारी दिनुभएको छ। शिविरमा संलग्न चिकित्सक डा सौरभ सुनारका अनुसार शिविरमा पैँतीस बर्ष भन्दा बढी उमेर समूहका सम्पूर्ण सहभागिहरूमा सम्भावित लक्षणबिहिन मधुमेह छ छैन भनी स्क्रीनिङ जाँच गरिएको थियो। कर्यक्रममा निशुल्क औषधि वितरण गरिनुका साथै मधुमेह सम्बन्धि जनचेतनात्मक चर्चा समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।