0 COMMENTS

लहान, २७ कात्तिक ०७५/ सिराहा धनगढीमाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट आज एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहा गोलबजार नगरपालिका–६ का ४० वर्षीय किसुनदेव सिंह दनुवार रहेको प्रहरीले जनाएको छ । बा.२०च ५६५२ नंको कारको ठक्करबाट गम्भीर घाइते भएका दनुवारलाई उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।