0 COMMENTS

काठमाडौं  २२ कात्तिक०७५/ शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइट ह्याक भएको छ । आयोगको वेबसाइट टीएसी डट जिओभी टड एनपी खोल्दा ह्याक भएको सूचना देखिन्छ । ‘एक्स एम थ्री एन’ले ह्याक गरेको सूचनामा उल्लेख छ ।

नेपालको सरकारी वेबसाइट ह्याक भएको यो पहिलो घटना भने होइन । यसअघि नेपाल सरकारकै वेबसाइट पनि ह्याक भएको थियो ।निरन्तर सरकारी वेबसाइटहरु ह्याक हुनुले नेपालको साइबर सुरक्षा प्रणाली कति कमजोर छ भन्ने कुरा देखाउने जानकारहरु बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर अकाउन्ट, निर्वाचन आयोग, जिविस काठमाडौं, पत्रकार महासंघ, टानको वेबसाइट पनि ह्याकरको निशानामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।