0 COMMENTS

काठमाडौं२१कार्तीक०७५/  सुनसरीको इटहरीस्थित एक कपडा पसलमा आगलागी भइरहेको छ । गोरखा डिपार्टमेन्ट स्टोर अगाडि रहेको कपडा पसलमा आगलागी भएको हो ।

“दोस्रो तलाबाट सुरु भएको आगो तेस्रो तलामा पुगेको छ । पाँचवटा दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेपनि ठाउँ अफ्ठ्यारो भएकाले आगो नियन्त्रणमा लिन कठिन भएको छ,” सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले  भने ।

दमकल, प्रहरी तथा स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । अागो नियन्त्रणमा ल्याउन नसक्ता बैंकमा समेत अागलागी हुनसक्ने जाेखिम छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।