0 COMMENTS

मिलन चाम्लिङ, धरान २०कार्तिक०७५ / एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने रोग डेंगु ज्वरोको विरामी धरानमा देखा परेको छ । भोजपुर जिल्ला स्थायी घर भै हाल धरान १० धर्मपथमा डेरा गरी बस्ने एक ३० बर्षीय युवामा डेंगु रोग भेटिएको हो ।

उनको धरान १० स्थित विजयपुर हस्पिटलमा उपचार भइरहेको छ । कार्तिक १४ गते ज्वरो आएर उपचारको लागि भर्ना भएका ती युवाको परिक्षण पश्चात १५ गते डेंगु भएको पत्ता लागेको अस्पताल निर्देशक प्रभाव खतिवडाले जानकारी दिए । उनले भने,‘घर भोजपुर भएपनि यहाँ डेरा गरेर बस्दै आएका रहेछन् । बाहिर कतै जानुभएको थियो भनेर पनि सोधेँ, होइन भन्यो । उनलाई डेंगु भएको पुष्टि भइसेको छ । डेंगुको विरामी भेटिएको खबर धरान उपमहानगरपालिकामा पुगेपछि सोमबार बिहान धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा स्वास्थ्य सम्बनिध आकस्मिक बैठक बसेको थियो ।

उक्त बैठकले तत्काल औषधीसहित ग्याँस स्प्रे गर्ने, तिहारपछि लार्भा नष्ट गर्ने कार्य गर्ने निर्णय गरेको उपमहानगरको स्वास्थ्य संयोजक घनश्याम सिग्देलले जानकारी दिए । उनले भने,‘बीपी प्रतिष्ठानसँग समन्वय गरेर विरामी कहाँका हुन् र कसरी उनलाई डेंगु भयो भनेर सर्वेक्षण गर्ने निर्णय भएको छ ।’ उक्त बैठकले विरामी बसोबास गर्ने क्षेत्रमा ज्वरोको अवस्था पनि हेर्ने निर्णय भएको उनले बताए । डेंगु रोगको अध्ययन गरिरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एडिस्नल प्रोफेसर डाक्टर नारायण भटराईका अनुसार एडिस लामखुट्टेले दिनमा मात्र टोक्ने गर्छ । त्यसैले दिउँसो लामखुट्टेबाट टोकिनबाट मानिस जोगिनुपर्छ । यसको लागि लामो बाहुला भएको कपडा लगाउने, लामखुट्टेले नटोक्ने क्रिम दल्ने लगायत उपाय गर्नुपर्छ । ‘यो लामखुट्टे जमेको तर सफा पानीमा बस्छ, त्यसैले आफु बस्ने वरीपरी फलेको खाली बट्टा, फुटेको कप, टायर, बोतलहरुमा पनि पानी जम्न दिनुहुदैन,’डाक्टर भटराईले भने,‘बीपी डेंगुको रिफरल सेन्टर हो, यहाँ राम्रो उपचार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।