0 COMMENTS

काठमाण्डाै१५कार्तीक०७५/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठ लगायत पर्वका अवसरमा आयोजाना गरीयको चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
कांग्रेसले भोली काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७६ जिल्लामा चियापान कार्यक्रमकाे आयोजना गरेको जनाएको छ । २०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।
भोली दिउँसो १ बजेदेखी साँझ ५ बजेसम्म चल्ने चियापान कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका प्रमुखलगायतका विशिष्ट महानुभाव, कांग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने प्रवक्ता शर्माले बताउनुभयो । यसअघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले गएको शनिबार चियापान कार्यक्रम आयोजना गरेको थियो । नेकपाले चियापान कार्यक्रममा झण्डै ५० हजार व्यक्तिलाई निमन्त्रणा पठाएको थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।