0 COMMENTS

काठमाडौँ१४ कार्तीक०७५/ बर्खा सकिएसँगै काठमाडौँ उपत्यका धुलाम्य छ । तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त केवल ब्रुमरको साँचो मात्र ।

चीन सरकारले महानगरपालिकालाई दिने भनेको ब्रुमर नआउँदा धुलोबाट महानगरवासीले ठूलो सास्ती खेपिरहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ब्रुमर नआइपुगे पनि साँचो भने हस्तान्तरण भइसकेको महानगरपालिकाले जनाएको छ । यता, महानगरले आफै खरिद गर्न लागेको ब्रुमर पनि आउन बाँकी रहेको छ ।

११ करोड रुपैयाँमा खरिद गर्न लागिएको पाँचवटा ब्रुमर आउन अझै चार महिना लाग्ने बताइएको छ । महानगरसँग भएका सानोखालका ब्रुमरको ब्रस भाँचिएकाले प्रयोगमा आउन सकेका छैनन् । नयाँ ब्रस भारतबाट मगाउनुपर्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।