0 COMMENTS

प्रतिभा भट्टरार्इ,३१असाेज०७५/ हिन्दुहरुको महान चाड बडादसैंको महाअष्टमीमा पुजिने देवी महागौरी हुन्। आजको दिन आठ वर्षकी कन्यालाई पाउ धोएर मीठा मीठा परिकार बनाएर भोजन गराएर राम्रा उपहार दिई उनबाट आशीर्वाद लिनु लाई सुभ मानिन्छ। भगवान शिवलाई प्राप्त गर्ने उद्देश्यले कठोर तपस्या गरेकी पार्वतीको शरीर अत्यन्त कालो हुन पुगेको ले उनलाई काली नामले पनि पुकारिन्थ्यो भने शिवको दर्शन पश्चात गोरि हुन पुगेकी उनलाई गौरी पनि भनिन थालियो।

भगवान रामको प्राप्तिको लागि माता सीताले पनि यिनै महागौरीको पूजा अर्चना गर्नुभएको कथा पनि शास्त्रमा सुन्न सकिन्छ। पहेंलो वस्त्र धारण गरी दीप प्रज्वलन गर्दै पहेंलै फूल वा मिठाई का साथमा श्री फल अनि अत्तर सहित सम्पूर्ण सौभाग्य का साधन अर्पण गर्दै गरिने उनको पूजा रात्रि कालमा गर्नाले सुभ फल मिल्दछ पनि भनिन्छ। शुक्र ग्रह सम्बन्धी सबै बाधाहरू हरणका निमित्त ” ॐ शुं शुक्राय नमः “को जप गर्दै गरिने यो पूजा मानिसको वैवाहिक जीवनमा आउने बाधा निवारणका लागि पनि गरिनु उचित मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।