0 COMMENTS

समयले बिश्वमा ल्याएको विज्ञान र प्रविधिको नयाँ नयाँ खोज हरुमा अब नेपाली युवा हरू पनि पोख्त भइसकेका छन। समय र परिस्थितिले साथ दिएमा वा अवसर हरु जुटेमा यसको संख्यामा अझैवृद्धि हुने कुरामा दुई मत नहोला।

तर प्रसस्त सम्भावना हुँदाहुँदै पनि र ऊर्जावान जनशक्ति देशमा भइसक्दा पनि पौरखी युवाशक्ति हरु प्रत्येक दिन १८०० काे हाराहारीमा बिदेश पलायन हुनुअनि दैनिक ४ देखि १० वटा सम्म बाकसमा फिर्ता आउनु मा आँसु बगाउँदै टुलुटुलु हेर्नू वाहेक केही गर्न नसक्नु हाम्राे विडम्बना हो। हामी नेपाली कतिका सपना नै छन् जहाज हेर्ने अनि चढ्ने त कतिका उडाउने भनेआफ्नै जडान उडान अनि सफलताको मुस्कानका साथ सपना काे शहर अमेरिका अनि बिश्वमा नै उत्कृष्ट उडानको लागि प्रसिद्धि कमाएको एरिजोना राज्यमा दिवा स्वप्न देखि अनवरत प्रयास, कठीन अध्ययन अनि सम्पर्क विहिन बनेर पूरा गरिसकेका कर्मशील, प्रतिभावान व्यक्तित्व हुन् बालाजु स्थित नेपालटार निवासी प्रमोद रेग्मी।

सानै उमेरदेखि जोखिमयुक्त कामहरू गर्न अघी सर्ने प्रमोद मेसिनरी सामान देखेपछि खोलखाल गर्ने अनि फेरी जोड्ने गर्थे। नेपालमा रहँदा तरुण मा वि, Balaju school of engineering and technology र त्री चन्द्र कलेज बाट B A सम्म अध्ययन गरेका उनी अवसरहरूको खोजि गर्दै अमेरिका पुगेका थिए। सुरुका दिनहरुमा निकै सङ्घर्ष भोगेका उनी सानो तिनो चुनौती, हन्डर ठक्कर बाट विचलित हुने मनस्थितिका थिएनन् त्यसैले त धैर्य र साहसका साथ परिस्थितिको मुकाबिला गरी निरन्तर कर्तव्य पथमा अगाडि बढिरहँदा उनका दिनहरू सहज बन्दै गए।पेसाले इन्जिनियर पनि रहेका प्रमोद लाई पाइलट को कोर्स पूरा गरी लाइसेन्स लिइसकेपछि आफैंले जहाज बनाउने रहर पलायो अनि पूरा गर्नका निम्ति उनी समय, बजेट, दिमाग, अनुसन्धान, आत्मविश्वास, कठिन परिश्रम सबै एकत्रित गर्दै लागि परे पश्चात डेढ़ वर्षको निरन्तर प्रयास पछि जहाज बनाउने पहिलो नेपाली भनेर बिश्वमा चिनिन सफल भए।

अमेरिकी सरकारको हवाई विभाग U S Government of F A A मा जून 4 , मा 2018 सूचीकृत भई उडान अनुमति लिई आफ्नै हिम्मत अनि समय मिलाएर जून 18 मा एक्लैले डेढ घण्टाको उडान भर्न सफल भए।यसरी हालसम्म 40 घण्टाको उडान भरिसकेका प्रमोदले भरखरै मात्र सूचना प्रविधिको क्षेत्रमा विश्वमा प्रसिद्धि कमाइसकेका, राष्ट्रिय आविष्कार केन्द्रमा अध्यक्ष तथा एशिया कै नोवेल पुरस्कार मानिने म्यागासेसे पुरस्कार ले पुरष्कृत व्यक्तित्व महाबिर पुन लाई समेत आफ्नो जहाजमा 45 मिनेटको उडान गराइसकेका छन् भने पुन बाट नेपालमा आएर इच्छुक व्यक्ति हरुलाई सहयोग गर्नु पर्ने साथै अर्को श्रृजनशील कार्यमा आवस्यक परे सम्पूर्ण सहयोग सरकारको अपेक्षा नराखी नेपाली जनता हरु बाटै प्राप्त गर्न सकिने आश्वासन सहित अत्यन्त हर्षित हुँदै नयाँ परियोजनाका लागि शुभकामना समेत पाइसकेका छन्।[view_video url=”3XUahIYz6b0″]

यसर्थ हामी पनि प्रमोदको साहसिक कदममा साथ दिँदै जोखिम उठाउन सक्ने मुटुमा गर्व गर्दै उनको अझै अर्को ठुलो जहाज बनाएर विश्व भ्रमण गर्ने इच्छा छिटै पूरा होस् भनेर आशीर्वाद प्रदान गरौँ।भने म स्वयं लेखिका प्रतिभा भट्टराई हरेक दिन बिहान अपडेट हूँ भनी हेरिएको पत्रिकाहरु ले बनाउने अप सेट बाट दिक्क भईरहँदा आफ्नै सहपाठी मित्रले गरेको उन्नति को खबरले अति नै हर्षीत भएकी छु।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।