0 COMMENTS

काठमाडौं२२, असोज ०७५/ सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ दशमलव ९९ अंकले बढेर १ हजार २ सय २२ दशमलव ३५ को बिन्दुमा कारोबार बन्द भएको छ ।

यस दिन कुल १ सय ६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर खरिदबिक्री हुँदा ३७ करोड १६ लाख ५६ हजार ९ सय २३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ७४ अंकले बढेर २ सय ५९ दशमलव २७ अंकमा पुगेर बन्द भएको छ ।यस दिन सबैभन्दा बढी कारोबार माछापुच्छे बैंक लिमिटेडको भएको छ । जसको आज ९ करोड ६९ लाख ९ हजार ९१३ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९६ प्रतिशतले बढेको छ । साथै सर्वाधिक मञ्जुश्री फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ प्रतिशतले घटेको छ ।यस दिन जलविद्युत समूह बाहेक सबै समूहहरुमा हरियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।