0 COMMENTS

प्रतीभा भट्टराइ, काठमाण्डाै०२असाेज०७५/  हरेक कृष्ण अष्टमीको ठिक १५ दिन पछि आउने अष्टमी लाई राधा अष्टमी वा कागे अष्टमी पनि भनिन्छ। वैष्णव सम्प्रदाय अन्तर्गत निम्मार्गी हिन्दु हरुले याे दिनलाई श्री कृष्ण की अाल्ला ह दिनी शक्ति श्री राधा रानीको जन्मोत्सव मानी दीप प्रज्ज्वलन सहित पूजा अर्चना र राधा सहस्रनाम को पाठ गरी व्रत बस्ने गर्दछन्।

यस्तै गरी अर्का थरी हिन्दु हरू हनुमान ढोका स्थित रहेको कागेश्वर महादेव मन्दिरमा यसै दिन काग स्पर्शको दोष हटाउने उद्देश्यले पनि धाउने गर्दछन्। उक्त मन्दिर वर्षमा एकपटक यसै दिन मात्र खुल्ने गर्दछ। कुनै पनि व्यक्तिलाई कारणबस कागले छुन गएमा अनिष्ट हुन्छ भन्ने मान्यता सँगै सके तुरून्तै नुहाउने, मासको पिठोको बारा कागलाई चढाउने र सो मन्दिरमा यसै दिन पूजा अर्चना गरे हुने अनिष्ट बाट बच्न सकिने विश्वास जनमानसमा रही आएको छ।

यसको अतिरिक्त सोर दिन सम्म चल्ने महालक्ष्मी पूजा पनि सोही अष्टमी बाट सुरु हुन्छ। घरको स्वच्छता र पवित्रताको ख्याल गर्दै दीप कलश र गणेशको स्थापना पश्चात महालक्ष्मी का सोर नामलाई सोड्सोपच।रले पूजा र बेलुका आरती सहित सोर दिन सम्म विधिपूर्वक अपार श्रद्धा भक्ति का साथ गरिने यो व्रतको महिमा पनि अपार नै छ।

लक्ष्मी को अभावमा हर घरमा कलह, वैमनस्य, रोग अनि दुःख दारीद्र को बास हूने र आगमन सँगै सुख शान्ति समृद्धि सौभाग्य र सत्कर्म हरुको वृद्धि हुने जनविश्वास अनुरूप याे सोह्र दिनको अवधिभर सके व्रत बस्ने र नसके महालक्ष्मी काे मन्दिर दर्शन मात्रले पनि उचित फल पाइने कुरा जानकार हरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।