0 COMMENTS

स्वामी विवेकानन्द एक महानतम विचारक र सनातन धर्मका प्रचारक थिए। उनी अत्यन्त ओजस्वी र गुणवान थिए। उनका केही विचार आज पनि युवाहरूमा जोश उत्पन्न गराउन उत्तिकै महत्वपूर्ण छन्। उनले युवाहरूलार्इ नै देशका भावी राजा बताएका छन्, त्यसैले हरेक युवाले स्वामीजीकाे त्याे महान उद्गारलार्इ आत्मसात गरी जीवनकाे कल्याण गर्नुपर्छ।।

 १.“एउटा विचार वा उद्देश्य लिनुहाेस् , त्यस विचारलार्इ अाफ्नाे जिन्दगी बनाउनुहाेस् वा जिन्दगीलार्इ त्यही विचार अनुरूप ढाल्नुहाेस्, त्यसैकाे सपना देख्नुहाेस्, त्यसैकाे बारेमा सोच्नुहाेस्, अाफ्ना हरेक अंग, मस्तिष्क, शरीर, मांसपेशीहरू, नसाहरू, ग्रन्थिहरू हरेक अगंले त्यसैकाे बारेमा सोच्नुहाेस्, अरू सबै विचारलार्इ त्यागी दिनुहाेस्। सफल हुने सबभन्दा महत्वपूर्ण तरिका यही नै हाे, र यसरी नै अत्यन्त महान आत्माहरू उत्पन्न हुनेछन्।”

२.“तपार्इं अाफूभित्रैबाट अगाडि आउनु पर्नेछ, कसैले तपार्इंलार्इ सिकाउन सक्दैन , कसैले तपार्इंलार्इ अध्यात्मिक बनाउन सक्दैन। यहाँ कोही शिक्षक छैन, केवल तपार्इंकाे आत्माले नै तपार्इंलार्इ सिकाउन सक्दछ, र त्याे मात्र तपार्इंकाे वास्तविक गुरू हाे।”

३“जुन समयमा तपार्इंकाे दिल र दिमाग (मन र मस्तिष्क) मा द्विविधा उत्पन्न हुन्छन् त्यसबेला सधैँ अाफ्नाे मनकाे कुरा नै सुन्रुहाेस्, मस्तिष्ककाे हाेइन।”

४.“सबै शक्तिहरू तपार्इं भित्रै छन्, तिनीहरूबाट तपार्इं सबथाेक गर्न सक्नुहुनेछ। तिनीहरूमा विश्वास गर्नुहाेस्, कहिल्यै अाफू कमजोर छु भन्ने कुरा नसाेच्नुहाेस्, कहिल्यै पनि अाफू मूर्ख छु कि भन्ने पनि नसाेच्नुहाेस्। तपार्इं सबथाेक गर्न सक्नुहुनेछ, र त्याे पनि कसैकाे दयामायामा हाेइन अाफ्नै पुरूषार्थमा। उठ्नुहाेस् र अाफ्नाे दिव्यता अनुभव गर्नुहाेस्।”

५.“तपार्इंकाे सबैभन्दा ठूलाे शत्रु स्वयं तपार्इंले अाफूलार्इ कमजोर सोच्नु नै हाे।”

६ं “हमेशा निडर हुनुहाेस्, निर्भीक भएर अाफ्ना विचारहरूलार्इ त्यहाँसम्म जान दिनुहाेस जहाँसम्म ती जान सक्छन्, निडरतापूर्वक जिन्दगीभरि त्यसकाे पालन पनि गर्नुहाेस्।”

७ “हामी त्यही हुनेछाैँ जुन हाम्रा विचारले हामीलार्इ बनाउनेछन्, त्यसैले के कुराकाे ध्यान राख्नुहाेस् भने तपार्इं के साेच्नुहुन्छ। शब्द त आउँदै-जाँदै गर्छन् , तर विचार हामीसँग सधैँ रहनेछ।”

८“तपार्इं त्यतिखेरसम्म परमात्मामाथि विश्वास गर्न सक्नुहुन्न जबसम्म तपार्इं अाफू स्वयंमाथि विश्वास गर्न सक्नुहुन्न।”

९.“जुन आगाेले हामीलार्इ जलाउँछ त्यही अागाेले हामीलार्इ पाल्दछ पनि । त्यसैले तपार्इं अागाेमा जल्दै हुनुहुन्छ भने त्याे अागाेकाे गल्ती हाेइन ।”

१०. “न त धेरै बोल्नुहाेस् र न त काेही कसैप्रति उदासीन बन्नुहाेस् तपार्इं चारैतिरबाट ज्ञान पाउन सक्नुहुनेछ।”

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।