0 COMMENTS

 पुरुषहरुमात्रै धारुवा हुन्छ भन्ने सोच्दै हुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ १ भर्खरै वैज्ञानिकहरुले धेरैलाइृ चकित पार्ने अनौठो खुलासा गरेका छन् । उनीहरुका अनुसार अब यो छर्लङ भएको छ कि पुरुषको तुलनामा महिलाले दुई गुणा बढी मदिरा सेवन गर्दछन् । वैज्ञानिकहरुले गरेको शोधमा यो प्रमाणित भएको छ सन १९९१ देखि सन २००० काबीचमा जन्मिएका महिलाहरुले त्यति नै मदिरा पिएका छन् जति पुरुषले पिउने गर्छन् । मदिरापान गर्ने होडमा महिलाहरुले पुरुषलाई धेरै पछाडि पारिसकेका छन् ।

शोधका अनुसार महिलाहरुमा सिरोसिसका कारण मृत्यु हुनेको संख्यमा ५७ प्रतिशतले बृद्धि भएको छ । पुरुषहरुमा भने सिरोसिसका कारण मृत्यु भनेकोसंख्या १० प्रतिशतले कम छ ।सिरोसिस, हेपटाइटिस र क्यान्सरपछि सबैभन्दा गम्भीर रोग हो । यस्ता खालका विरामीको उपचार भनेको फोक्सो प्रत्यारोपणभन्दा अर्को छैन् । यस रोगमा कारणा शरीरका कोषिका ठूलो परिणाममा नष्ट हुँदै जान्छन् र उक्त स्थानमा फाइबर तन्तुको निर्माण हुँदै जान्छ । स्थिति ठिट्टै नाजुक बन्छ । हेपाटिकको बनावट पनि असामान्य बन्दै जान्छ र जसले पोर्टल हाइपरटैन्सनको अवसथा सृजना गरिदिन्छ ।

वैज्ञानिकका अनुसार, मदिराको ओवरडोजका कारण अस्पतालको आकस्मिक कक्षमा पुग्ने महिलाहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । उनीहरुका अनुसार महिलाहरुको शरीरबाट सीमित मात्रामा मात्रै अल्कोहल डिहाइड्रोगेनेज (एडीएच) इन्जाएम उत्पादन हुन्छ । यो फोक्सोमा उत्पादन हुन्छ र यसले शरीरमा रहेको अल्कोहललाइृ नष्ट गर्ने काम गर्दछ ।

हार्वर्ड मेडिकल स्कूलका मनोविज्ञानका प्रोफेसर र मैकलीन अस्पताल मैसाच्यूटएसका एडिक्शन साइकोलजिस्ट डन सुगरमैनका अनुसार, ‘महिलामा मदिराको असरको आशंका बढी हुन्छ । मदिरा पिउने महिलामा पुरुषको तुलनामा धेरै गुणा बढी स्वास्थ्य समस्या हुने गर्छन् ।’ जुन महिलाले बढी मदिरा पिउँछन, उनीहरुमा पुरुषको तुलनामा मदिरापानको लत रस्वास्थ्य समस्या पनि धेरै हुन्छन् । लिभरर सिरोसिस भएमा व्यक्ति स्वयंले अस्वास्थता महसूस गर्दछ । शुरूवाती चरणमा कुनै खास लक्षण देखा पर्दैन् । जब रोग बढ्दै जान्छ लक्षणहरु एकपछि अर्को गर्दै देखा पर्न थाल्दछन् । तर त्यति बेलासम्म विरामीको स्वास्थ्य निकै नाजुक बनिसकेको हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।