0 COMMENTS

मिलन चाम्लिङ,धरान२९भदाै०७५/ भोजपुर जिल्ला जहाँबाट वर्तमान रास्ट्रपति बिद्या भण्डारी र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई जस्ता व्यक्ति पदमा आसिन छन।यस अघि अर्थमन्त्री दुईजना ज्ञानेन्द्रबहादुर कार्की र शंकर कोइराला भोजपुर जिल्ला कै थिए।

बिडम्बना आजसम्म भोजपुरले बिकासको गति किन लिन सकेन र बिकासको लागि के गर्नुपर्छ ।यहि बिसयमा प्रबोध साप्ताहिक पत्रीकाले एउटा अन्तरक्रीया कार्यक्रम गरेको थियो। पत्रीकाका प्रधान सम्पादक, प्रकाशक द्वय लम्जेल संघर्षसिल र जमुना श्रेष्ठले आयोजना गरेका थिए। नेपाल पत्रकार महासंघ सुनसरी जिल्लाका अध्यक्ष अमर खड्काको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा आफू पनि तत्कालीन इयु आम्चोक गाउँपालीकाकै भएकोले भोजपुरको बिकासको लागि आर्थिक भौतिक रुपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे।

भोजपुर सुनसरी सेवा समाजका सचीव लोकराज निरौलाद्वारा भोजपुरको बिकासमा सुनसरीमा रहेका भोजपुरेहरुको भुमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रलाई अडिल खम्बु तथा राजेन्द्र किरातिले टिप्पणी गर्दै  सर्वप्रथम त संगठित हुन आवस्यक रहेको बताए ।सिंहदरबार धाउनसक्नेले मात्र बिकास ल्याउनसक्ने मानसिकता रहेको बताए।तेस्तैगरी डटफट र टेबुल टक गर्नेले मात्र बिकास हुन्छ भन्ने मानसिकताको कारण पनि भोजपुरको बिकास नभएको टिप्पणी गरे। उपस्थित सबैले भोजपुरबाट नेता मन्त्री मात्र नभै ठुला ठुला व्यापारी ब्याबसायी समेत जन्माएको बताए।

तर जन्मथलो भोजपुरको बारे नसोचिएको होकि भन्ने कौतुहल भएको बताए । सहभागीले भोजपुरको बारे यो एउटा सुरुवातको बिसय मात्र भएकोले आगामी दिनमा यस्तो बिसयमा चर्चा गर्नैपर्ने भएको बताए। बास्तबमा बराह पनि भोजपुरेकै उपज भएको भन्दै मानबहादुर दियालिले सबै क्षेत्रमा भोजपुरे आमाले जन्म दिएको बताए।भोजपुर सुनसरी समाजमा हाल करिब पाँच सय जति सदस्य समेत रहेको बताए। नारदमणी थुलुङले आन्दोलन गरेको भोजपुरमा कन्के कामिले नै बन्दुक बनाएर आन्दोलन गरेको रमेश गजमेरले बताए।सहभागीहरुले भोजपुरको ठूलो ठूलो बिकासको कुरा मात्र गरेकोले सानतिना काम ओझेलमा पर्दा बास्तिमको गाउँमा खानेपानी अभावबाट बस्ती नै पलायन भएको बताए।बल्ल बल्ल सडक बनेको त्यो पनि हिलाम्मे बर्खामा आवागमन ठप्प हुने दुखेसो बताए। दिनेश बान्तवाले रास्ट्रपति र मुख्यमन्त्री भोजपुरको भएको तर उहाँहरुले चुनाबी नाराको लागि मात्र कुरा गरेको हो वा इच्छा चाहाना नभएर हो त्यो बुझ्न गाह्रो भएको बताए।

कार्यक्रममा भोजपुर सुनसरी सेवा समाजका उपाध्यक्ष रेवतिरमण राई,भुपु अध्यक्ष नन्दा श्रेष्ठ,सदस्यहरु मछिन्द्र तामाङ,राजेन्द्र बस्नेत,टीका राई लगायत भोजपुरेबासी सुन्सरी आएर बसेका ब्यक्तिहरुको उपस्थिति थिए।भुपु अध्यक्ष श्रेष्ठले भोजपुर सुनसरी सेवा समाजले गरेको आर्थिक सहयोग तथा समाजको अन्य गतिविधि प्रस्तुत गरेका थिए।उहाले रास्ट्रपति बिद्या भण्डारी र प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राई समक्ष भोजपुरको बिकासको लागि भेट गर्न जाने पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।