0 COMMENTS

काठमाडौं ०५भदाै०७५/ संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन्। सोमबार बालुवाटार निवासमा नागरिकसँग कुरा गर्दै जोशीले राजीनामा नदिई बिदा सकिएपछि अदालत जाने बताएको नागरिक दैनिकले लेखेको छ।

राजीनामा दिने सोचमा हुनुहुन्न भन्ने प्रश्नमा उनले भने, ‘वन्स अ जज अल्वेज अ जज, किन दिने राजीनामा’ न्यायाधीश जोशी अब बस्ने संवैधानिक समितिको बैठकले फेरि आफूलाई प्रधानन्यायाधीश सिफारिस गर्ने आशा लिएर बिदा बसेका छन्। सुरुमा १५ दिन स्वीकृत गरी बिदा बसेका उनी थप ६ दिनको बिदामा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।