0 COMMENTS

काठमाण्डाै०३भदाै०७५/  नेपालको हरेक संरचना र क्षेत्र कर्मचारी संयन्त्रबाट संचालित छ । जनप्रतिनिधि भएपनि हरेक गतिविधि र निर्णायक तहमा कर्मचारीकै हालीमुहाली हुन्छ ।

नेपालका सरकारी कर्मचारीको कामचोर प्रवृत्ति, ढिलासुस्ती र अनियमितताका अनगिन्ती खबरहरु सार्वजनिक भइरहेका बेला जाजरकोट अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले महिना नबित्दै हाजिर गरेर बेपत्ता भएको खबर यति बेला चर्चामा छ । उसो त, यो खबर नौलो र यस्तो मनोमानी गर्ने राई नै पहिलो पात्र होइनन् । नेपालको कर्मचारीतन्त्रमा अग्रिम हाजिर ठोकेर तलब पड्काइरहेका सयौँ पात्रको प्रवृत्ति सार्वजनिक हुन सकेको छैन ।

देशमा कर्मचारीले नियमित काम नगर्नेे, बिदाको नाममा कार्यक्षेत्रमा अनुपस्थित हुने र एकमुष्ट हाजिर धस्काएर तलब खाने प्रवृत्तिले सेवाग्राही मर्कामा परिरहेका छन् । स्वास्थ्य क्षेत्र आफैँमा संवेदनशील क्षेत्र हो । यस्तो क्षेत्रमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरु झनै जिम्मेवार हुनुपर्छ ।

तर, अग्रिम हाजिर गरेर जिल्ला छाड्नु कति ठूलो दुस्साहस हो ? यसले नेपालका कर्मचारीको मनोदशासमेत प्रस्ट्याउँछ । केही समयअघि कर्मचारीलाई जिम्मेवार बनाउन छड्के अनुगमन गरिएका खबर सार्वजनिक हुन्थे । अहिले छिटपुटरुपमा घूससहित पक्राउ परेका समाचार सुनिन्छन् । तर, प्रभावकारी अनुगमनको अभावमा बेथितिहरु बढिरहेका छन् । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।