0 COMMENTS

काठमाडौँ०१भाद्र०७५/ आजबाट लागु भएको मुलुकी अपराध (संहिता) ऐनको विरोधमा एक युवाले सिंहदरबारअगाडि नाङ्गिएर प्रदर्शन गरेका छन् । राष्ट्रिय जनवार बदली गर्न माग गर्दै सिंहदबारअगाडि झापाका बिकिन काङबाङ (लिम्बु)ले नांगै भएर प्रदर्शन गरेका हुन् ।

लिम्बुले ‘जनवार सबै एकै हुन्, कानून सबैलाई लागु गर, नत्र मुलुकी ऐन संशोधन गर र राष्ट्रिय जनावर बदली गर’ नारा लेखिएकाे प्लेकार्ड कम्मरमा झुन्ड्याएका थिए । उनले सरकारले गाई र गोरुको लागि मात्रै कानुन बनाएर गलत गरेको आरोप लगाएका छन् । राज्यले सबै जातजाती भाषाभाषी र धर्मालम्बीलाई सम्मान गर्ने गरी कानुन बनाउनुपर्ने उनको माग छ ।

उनले राष्ट्रिय जनावार पनि पविर्तन गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा रहेको लोपाेन्मुख जनावारलाई राष्ट्रिय जनावर घोषणा गर्न उनले माग गरेका छन् ।

सिंहदरबारको दक्षिण गेट नजिकै प्रदर्शन गरेका लिम्बुलाई प्रहरीले केही समयमा नै नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।