0 COMMENTS

काठमाडौ ०१,भाद्र ०७५/बुढानिलकण्ठ नगरपालिकाकी उप मेयर रमादेवी राईले अाफ्नाे नगरपालिकाका ३ वटा सामुदायिक विद्यालयलाई  अाफ्नाे  व्यक्तिगत तर्फबाट अार्थीक सहयोग उपलव्ध गराएकी छिन। अाज बुढानिलकष्ठ नगरपालीकाकाे कार्यालयमा  अायाेजना गरीएकाे कार्यक्रममा उनले बुढानिलकण्ठ नगरपालिकामा रहेका सामुदायिक बिद्यालयहरू  नेपाल चार्टर विद्यालय ,बुढानिलकण्ठ नगरपालिका १० लार्इ  ५० हजार,आत्मा ज्ञान विद्यालय ,बुढानिलकण्ठ नगरपालिका ३ लार्इ २५ हजार र बालविकास विद्यालय बुढानिलकण्ठ नगरपालिका ५ लाई २५ हजारकाे चेक सम्बनधित बिद्यालयका प्रतीनिधिहरूलाइ हस्तान्तरण गरेकी थिइन ।

 उक्त कार्यक्रममा  बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल ,न्यायिक समितिका सदस्य परशुराम बस्नेत ,न्यायिक समितिका सल्लाहकार पुन्य काफ्ले बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ , सहित विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधान अध्यापकहरुको उपस्थिति रहेको थियो।

सहयोग रकमकाे चेक हस्तान्तरण पछी बोल्दै उप मेयर राई ले आफ्नो बिगतको शैक्षिक यात्रा सम्झिदै आफुले शिक्षिकाका रुपमा काम गरेको खोटांगको श्री कृष्ण मावी र बुढानिलकण्ठ नगरपालिकाका ३ वटा विद्यालयलाई सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको कुरा ब्यक्त गरेकि छिन । उनले आफुले दिएको सहयोग रकमले विद्यार्थीहरुको व्यक्तित्व र शैक्षिक विकासमा सहयोग पुर्याउने विस्वास व्यक्त गरेकी थिइन् ।फाेटाेःबिकाश लामा

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।