0 COMMENTS

काठमाडौं०१भाद्र०७५/भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग सत्तापक्षका सांसद्हरुले समेत मन्त्री र मन्त्रालयको कामकारवाहीबारे स्पष्टीकरण माग गरेका छन् ।

उनीहरूले प्रतिपक्षी दलहरूले जस्तै मन्त्री महासेठको आलोचना गरेका छन् । नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबार सिंहदरवारमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद्हरुले सरकारको ढिलासुस्ती र हेलचेक्रयाँइको विषयमा उनीसँग प्रश्न गरेका थिए ।

सांसद्हरुले विभिन्न ठाउँमा बिग्रिएका सडक, अलपत्र भएका निर्माण कार्य, टेण्डर लगायतका विषय प्रश्न उठाएको उक्त समितिका सभापति जिपछिरिङ लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।