0 COMMENTS

काठमाण्डाै३१साउन०७५/ भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । लामो समयदेखि बिरामीा रहेका ९३ वर्षिय वाजपेयीको बिहीबार बेलुकी निधन भएको हो ।

अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) एक प्रेस विज्ञप्ति जारी गरेर पूर्व प्रधानमन्त्री वाजपेयीको भारतीय समयअुनसार बिहीबार बेलुकी ५ बजेर ५ मिनेटमा निधन भएको जनाएको छ । उनी गत जुन महिनादेखि नै नयाँ दिल्लीको एम्समा उपचारत थिए ।

उनलाई मृगौलाको संक्रमणसँगै केही अन्य स्वास्थ्य समस्याका कारण एम्समा भर्ना गरिएको बताइएको छ । भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री भएका थिए । उनी पहिलो पटक सन् १९९६ मात्र १३ दिनका लागि र त्यस पछि १९९८ देखि १९९९ सम्म र तेस्रो पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री बनेका थिए । वाजपेयी एक लोकप्रिय कवि, वक्ता र समावेशी राजनीतिका पर्याय पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।