0 COMMENTS

काठमाडौं३०, साउन०७५/ सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । बारम्बार स्पष्टिकरणको शिकार बन्दै आएकी राजभण्डारीलाई मंगलबार साँझ बसेको मन्त्री परिषद्ले हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

त्यस्तैगरि,परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समितिलाई पुनरगठन गरेको छ । जसमा डिल्ली घिमिरे, डा. खड्ग केसी,प्राडा. मिना बैद्य मल्ल, हिमालय थापा,हरि फुयाल, डा.शंखर शर्मा, भवानी राणा र लालबाबु यादव रहेको नयाँ समिति बनाएको छ । नयाँ समितिको कार्यकाल ३ वर्ष हुनेछ ।त्यस्तैगरि मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विछ्याउने प्रयोजनका लागि बुढानिलकण्ठ क्षेत्रमा ९ आना जग्गा अधिग्रहण गर्न स्विकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।