0 COMMENTS

काठमाडौ२४साउन०७५/ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरणसम्बन्धी विषयलाई आज टुंगो लगाउने भएको छ । जिल्लादेखि प्रदेशतहसम्मको एकीकरण प्रक्रियाका विषयमा आज निर्णय हुनेछ । आज बस्ने सचिवालय बैठकले सांगठानिक एकीकरणमा सहमति गर्ने नेताहरुले बताएका छन् ।

पार्टीको विधान अनुसार भदौ ५ गते भित्र संगठन एकीकरणको काम सम्पन्न गर्नुपर्ने भएको नेकपाले त्यस तर्फ आफ्नो ध्यान केन्द्रीत गरेको हो।यसअघि नेकपाले भदौ ५ गते भित्र संगठनको एकीकरणको काम सम्मन्न गर्ने गरी आन्तरिक सर्कुलर जारी गरेको थियो।

त्यसैगरी मुलुकको समग्र राजनीतिक विषयबारे खुल्ला ढंगले छलफल गर्नका लागि स्थायी समितिको बैठक बोलाउने विषयमा पनि आज बैठकले निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठले दिए ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको केन्द्र बाहेक प्रदेश, जिल्ला, स्थानीय तह, जनवर्गिय संगठन लगायतका कमिटीको एकीकरण बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।