0 COMMENTS

प्रतिभा भट्टरार्इ,काठमाण्डाै २२साउन०७५/ तारकेश्वर नगरपालीका अन्तर्गतको वडा नं ४ मा रहेको श्रृजनशील महिला समाजकाे आयोजना  तथा टेवा संस्था धापाखेलकाे प्रायोजनमा तीन दिने चेतनामूलक कार्यक्रम तथा कानुनी परामर्स कार्यक्रम संन्चालन गर्याे ।

कार्यक्रम २०७५ श्रावण १८ देखी  सुरु गरी तीन दिन सम्म सञ्चालन गरीएकाे थीयाे। सो कार्यक्रममा ३५ जना महिला दिदी बहिनी हरूले २०७५ साल भाद्र १ गते देखि लागु गरिने देवानी संहिता र फौजदारी संहिता सम्बन्धी बिस्तृत जानकारी लिने अवसर प्राप्त गरे। कार्यक्रम आफ्नो क्षेत्रका महिला दिदीबहिनी हरुलाई अंशबण्डा, सम्बन्ध विच्छेद, नागरिकताको प्रक्रिया, महिला हिंसा तथा महिला अधिकार सम्बन्धी विविध कुराहरूको जानकारी गराउँदै  महिलाहरूद्वारानै आफ्नो टोल छिमेक तथा इष्टमित्र हरु समक्ष ती कुराहरू पुगुन भन्ने उद्देश्यले आयोजना गरिएको थीयाे ।

कार्यक्रममा धेरै महिलाहरुले आफू र आफ्ना सम्पर्कमा रहेका व्यक्तिहरूका घटना सम्बन्धमा उठेका प्रश्नकाे जिज्ञासा  मेटाउनु भएकाे थीयाे ।अधिवक्ता बबिता कार्कीले उपस्थीत महिला दिदी बहीनीकाे जीज्ञासालाइ  समाधान गर्नुकाे साथै परी आएको खण्डमा महिला साथीहरूलाई सहयोग समेत गर्ने वाचा गर्नुभएकाे थीयाे  कार्यक्रम तारकेश्वर नगरपालीका  वडा नं ४ मा रहेकाे डेल्फी इन्सीच्युटकाे हलमा भयकाे थीयाे ।  

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।