0 COMMENTS

उर्लाबारी२२साउन०७५/ सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ६६९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९३१० नम्बरको मोटरसाइकल एकअापसमा ठोक्किँदा ६६९४ नम्बरको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो।

उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए। दुर्घटनामा परी अर्को मोटरसाइकलका चालक सुनवर्षी– ६ का ४५ वर्षीय रुपनारायण ताजपुरिया घाइते भएका छन्। उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।