0 COMMENTS

काठमाण्डाै२२साउन०७५/भारतको छत्तीसगढ राज्यस्थित माओवादी प्रभावित सुकमा भन्ने ठाउँमा भएको भिडन्तमा १५ माओवादी मारिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा १६ वटा अत्याधुनिक हतियार पनि बरामद गरिएको र दुई जनालाई पक्राउ गरिएको बताइएको छ। छत्तीसगढस्थित माओवादीविरुद्धको कारवाहीमा संलग्न विशेष प्रहरीका महानिर्देशक डीएम अवस्थीका अनुसार सोमवार बिहान सुकमास्थित गोलापल्ली र कोन्टा भन्ने ठाउँको बीचमा सुरक्षाकर्मीहरू कारवाहीका निम्ति निस्किएका बेला उक्त भिडन्त भएको थियो।

घटनास्थल आसपासमा अझै पनि खोजी कारवाही चलिरहेको बताउँदै प्रहरीले भिडन्तमा अरू पनि माओवादी मारिएको वा घाइते भएको हुनसक्ने आशङ्का गरेको छ।

प्रहरीले उक्त भिडन्तलाई आफ्नो एउटा ठूलो सफलता मानेको छ। मुख्यमन्त्री रमन सिंहले पहिलो पटक माओवादीसँग कुनै पनि किसिमको सम्वादको सम्भावना ठाडै अस्वीकार गरिदिएका बेला यो भिडन्तको खबर आएको छ।

उनले माओवादीलाई आत्मसमर्पण गरेर राजनीतिको मूलधारमा सहभागी हुन वा सुरक्षाबलसँगको भिडन्तमा मारिन तयार हुनु चेतावनी दिएका थिए। यो वर्ष ६९ जना माओवादीहरू भिडन्तमा मारिएको सुरक्षा बलले दाबी गरेको छ। साथै ६६७ जना सन्दिग्ध माओवादीलाई प्रहरीले गिरफ्तार गरेको छ। माओवादीको तर्फबाट घटनाबारे प्रतिक्रिया जनाइएको खबर प्राप्त भएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।