0 COMMENTS

काठमाण्डाै २०साउन०७५/ ट्रिपरले फेरी एक जनाको ज्यान लिएको छ । हेटौँडाबाट हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नम्बरको ट्रिपरले सोही उद्योगतर्फ गइरहेको ना ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुने मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १७ त्रिशूली बस्ने २८ वर्षीय टंक न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मोटरसाइकलमा सवार २१ वर्षीया गीता न्यौपाने भने गम्भीर घाइते भएकाले हेटौँडा अस्पतालबाट थप उपचारका लागि चितवन भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।ठक्कर दिने ट्रिपर चालक घटनास्थलबाटै फरार रहेकाले प्रहरीले निजको खोजी गरिरहेको चौघडा इलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।