0 COMMENTS

काठमाडौं१६साउन०७५/ भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटको बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ ।

पछिल्लो समय नगद लिएर जाँदा चोरिने, हराउने र लुटिने क्रम बढेसँगै सर्वसाधारण नेपालीले एटिएम कार्ड बोक्न थाल्दा बैंकमा भारु नोट साट्नेको भिड घटेको हो । आजको नागरिकमा खबर छ ।

भारत जाँदा भारु नोटको सट्टा विद्युतीय प्रणालीबाट कारोबार गर्ने चलन बढेपछि नगद लिन आउने क्रम घट्दै गएको राष्ट्र बैंक, बैंंकिङ कार्यालय, थापाथलीका कार्यकारी निर्देशक झलकशर्मा आचार्यले बताए ।

नेपालमा भारु साट्ने क्रम घटेसँगै राष्ट्र बैंकले भारु ल्याउन कम गरिसकेको छ । बैंकले गत आर्थिक बर्षमा आठ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याउन योजना बनाएको थियो ।तर, माग कम भएकाले ६ अर्ब रुपैयाँ बरारबरका भारु नोट मात्र ल्यएको कार्यकरी निर्देशक आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।