0 COMMENTS

काठमाण्डाै१५साउन०७५/ट्याक्सी भन्नेबित्तिकै ‘मिटरमा चल्ने सार्वजनिक सवारी’बुझ्नुपर्छ । हामीकहाँ भने त्यस्तो सवारी बुझिन्छ, जहाँ गन्तव्य हेरेर भाडाको मोलमोलाइ हुन्छ । जहाँ चालकलाई मनलाग्दी भाडा असुल्न छुट छ । जहाँ चालकले मन लागेको ठाउँमा मात्र जान्छु भन्न पाउँछ । भनेको समय ट्याक्सी नपाउनु र पाए पनि मिटरमा जान नमान्नु हाम्रो पुरानै रोग हो । सरकारले ट्याक्सी भाडा दर तोकेर बिलसमेत दिनुपर्ने नियम बनाएको छ ।

काठमाडौँ भित्रिएर घर जान होस् या बिरामी लिएर आस्पताल, अनि अपर्झट परेर कतै जान होस् या सार्वजनिक यातायात नपाएर जाँदा होस् , अधिकांश ट्याक्सी चालकहरूले यात्रुलाई ठगिरहेका छन् । कहीँ कतै मिटरमा गई हाले पनि बिल बाहेकको रकम उनीहरूलाई थप दिन’ पर्छ । करिब १००००१ हजार ट्याक्सी सञ्चालन रहेको राजधानीमा यो वा त्यो बहानामा ठगीमा परिरहेका छन् । सुरुमै मन लाग्दो भाडा तोकेर लाग्ने भाडा भन्दा दोब्बर , दोब्बर सम्म असुलिरहेका भेटिनछन् । जसका कारण बाध्यतामा भएका यात्रुहरूलाई आफू ठगिएको थाहा भए पनि अरू विकल्प छैन ।

यसरी सरकारले तोकेको भाडा दर अनुसार दुई सय मिटरको ७ रुपयाँ २० पैसाको तोकेको छ । यो दर अन्सार एयरपोर्टदेखि कलङ्कीसम्म लाग्ने भाडा ३५० ह’ने भए पनि उनीहरूले १ हजारभन्दा बढी असन’ल गरी रहेका छन् ।

के भन्छन् त सर्वसाधारण ?
एउटै ठाउँ जान पनि फरक फरक ट्याक्सी चालकको भाडा दर भने फरक हुने गरेको उनीहरू बताउँछन् । आफूहरूले मिटरमा जान खोज्दा पनि उनीहरू मान्दैनन् । भरतपुर चितवनका रोजन अर्यालले काठमाडौँको कलङ्कीदेखि चावहेल जाँदा ८ सय तिनु परेको बताए । उनले भने, ‘मिटरमा जान भनेको मानेनन् । साँझको समय अरू विकल्प नभए पछि गइयो । यो उनको मात्रै पीडा र समस्या भने होइन । यस्तो समस्या हरेक दिन भोगिरहेका हुन्छन् उनी त एउटा प्रतिनिधि पात्र मात्रै हुन् ।
उपत्यकाभित्र यसरी ट्याक्सीहरूले मनपरी रूपमा सञ्चालन गरिदा समेत कारबाही गर्ने निकाय भने मौन छ । बेलाबखत ट्राफिक प्रहरीले त्यस्ता ट्याक्सीलाई समात्ने गरे पनि कारबाहीको दायरामा भने कमै मात्र आउँछन् । केही महिना अघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायात र ट्याक्सी भित्र पनि यात्रुले देख्न सक्ने गरी नम्बर राख्ने व्यवस्था सुरु गरे पनि त्यो भने अझै व्यस्थित र प्रभावकारी भने बन्न सकिरहेको छैन ।

के भन्छ ट्राफिक महाशाखा ?
ट्याक्सीमा प्रिन्टर जडान नगरेको, बढी भाडा लिएको वा मिटरमा जान नमानेको भए कडा कारबाही गर्ने महाशाखाको भनाई छ । महासाखाका अनुसार असार मसान्त सम्म मिटर जडान नगरी हिँड्ने २६१ ट्याक्सी , भाडामा मोलमोलाई गर्ने ६ हजार ४३ ट्याक्सी र खाली हुँदा पनि यात्रु बोक्न नमान्ने ६०३ ट्याक्सीलाई समेत कारबाही गरिसकेको महाशाखाका प्रवक्ता सुरेन्द्र प्रसाद मैनालीले बताए । साथै उनले यदि कुनै ट्याक्सीले ठग्न खोजे वा ठगे नेपाल प्रहरीको १०० वा ट्राफिक महाशाखाको टोल फ्रीमा फोन गर्न समेत आग्रह गरे । आफुसँग कुने पनि उजुरी आउनासाथ कारबाही गर्ने प्रतिवद्दता उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।