0 COMMENTS

प्राचीन भारतवर्षमा अदितिकाे पूजा गर्ने प्रचलन थियाे, तर अहिले छैन। देवताहरूकी माताकाे नाम अदिति हाे। अदितिका पुत्रहरलार्इ आदित्य भनिएकाे छ। ३३ देवताहरूमा अदितिका १२ पुत्रहरू समावेश छन् जसकाे नाम यस प्रकार छ- विवस्वान्, अर्यमा, पूषा, त्वष्टा, सविता, भग, धाता, विधाता, वरुण, मित्र, इन्द्र र त्रिविक्रम (भगवान वामन)। १२ आदित्यका अलावा ८ वसु, ११ रुद्र र २ अश्विनकुमार गरेर ३३ देवताहरूकाे एक वर्ग छ।

समस्त देव ‍कुललार्इ जन्म दिने अदिति देवीहरूकी पनि माता हुन्। अदितिलार्इ लोकमाता पनि भनिएकाे छ। अदितिका पति ऋषि कश्यप ब्रह्माजीका मानस पुत्र मरीचीका विद्वान पुत्र थिए। मान्यता अनुसार यिनलार्इ अनिष्टनेमीका नामबाट पनि चिनिन्छ। यिनकी माता ‘कला’ कर्दम ऋषिकी पुत्री र कपिल देवकी बहन थिइन्।

अदितिका पुत्र विवस्वानबाट नै वैवस्वत मनुकाे जन्म भयाे। महाराज मनुलार्इ इक्ष्वाकु, नृग, धृष्ट, शर्याति, नरिष्यन्त, प्रान्शु, नाभाग, दिष्ट, करुष र पृषध्र नामक १० श्रेष्ठ पुत्रहरू प्राप्त भयाे। उल्लेखनीय के छ भने विवस्वानलार्इ नै सूर्य भनिएकाे छ जसकाेआकाशमा अवस्थित सूर्य ग्रहसँग तुलना गरिएकाे छ। सूर्यका कयाैँ अन्य पुत्रहरू पनि थिए। सूर्यपुत्र कर्णकाे नाम त सबैले सुनेकै हुनुपर्छ। श्रीकृष्णकी माता देवकीलार्इ ‘अदिति काे अवतार’ बताइएकाे छ। भगवान सूर्यकाे परिवारकाे विस्तृत कथा भविष्य पुराण, मत्स्य पुराण, पद्म पुराण, ब्रह्म पुराण, मार्कण्डेय पुराण तथा साम्बपुराणमा वर्णन गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।