0 COMMENTS

निश्चित रूपमा नै बिजुलीकाे आविष्कार बेन्जामिन फ्रेंयाक्लिनले गरेका हुन् तर बेंजामिन उनले अाफ्नाे एक किताबमा के लेखेका छन् भने एक रात म संस्कृतकाे कुनै एक वाक्य पढ्दा-पढ्दै सुतें। त्यस रात मलार्इ सपनामा संस्कृतकाे त्यस वाक्यकाे अर्थ र अभिप्राय मेराे मस्तिष्कमा पस्याे र मेराे लक्ष्यमा मलार्इ ठूलाे सहयाेग पुग्याे।

महर्षि अगस्त्य एक वैदिक ऋषि थिए। महर्षि अगस्त्य राजा दशरथका राजगुरु थिए। उनकाे गणना सप्तर्षिहरूमा गरिन्छ। ऋषि अगस्त्यले ‘अगस्त्य संहिता’ नामक ग्रन्थकाे रचना गरेका छन्। आश्चर्यजनक रूपले यस ग्रन्थमा विद्युत उत्पादनसँग सम्बन्धित सूत्र पाइन्छ-

संस्थाप्य मृण्मये पात्रे
ताम्रपत्रं सुसंस्कृतम्‌।
छादयेच्छिखिग्रीवेन
चार्दाभि: काष्ठापांसुभि:॥
दस्तालोष्टो निधात्वय: पारदाच्छादितस्तत:।
संयोगाज्जायते तेजो मित्रावरुणसंज्ञितम्‌॥
-अगस्त्य संहिता

अर्थात : एउटा माटाकाे भाँडाे लिनुहाेस्, त्यसमाथि ताम्र पट्टिका वा तामाकाे पत्र (Copper Sheet) राख्नुहाेस् र त्यसमा शिखिग्रीवा वा कपर सल्फेट (Copper sulphate) हाल्नुहाेस्, त्यसपछि बीचमा गिलाे काष्ट पांसु वा धूलाे (wet saw dust) लगाउनुहाेस् । त्यसपछि त्यसभन्दा माथि पाराे (mercury‌) तथा दस्त लोष्ट वा जिन्क (Zinc) हाल्नुहाेस्, अनि तारहरू मिलाउनुहाेस् । हाे यसरी त्यसबाट मित्रावरुणशक्ति (Electricity) काे उदय हुनेछ ।

अगस्त्य संहितामा विद्युतकाे उपयोग इलेक्ट्रोप्लेटिङ (Electroplating) का लागि गरिने कुरा पनि विस्तृत रूपमा दिइएकाे छ। उनले ब्याट्री द्वारा तामा वा सुन वा चाँदीमा जलप लगाउने विधि पनि निकालेका थिए । अत: अगस्त्यलार्इ कुम्भोद्भव (Battery Bone) भनिन्छ। —

मित्रहरू वास्तवमा सनातन वैज्ञानिक अगस्त्य मुनिले नै दुनियाँलार्इ बिजुलीकाे अाविष्कार गर्ने गुरूमन्त्र मात्र दिएका थिएनन् अपितु बिजुली अाविष्कारकाे सम्भावना पनि अाैंल्याएका थिए । याे समाचार हामीले प्रसिद्ध भारतीय विद्वान राजीव दीक्षितकाे ब्लगबाट साभार गरेका हाैँ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।