0 COMMENTS

कैलाली०२साउन०७५/ कैलालीको लम्किचुहा नगरपालिका १ लम्की बजारमा रहेको मेघाश्री उद्योग परिसरमा दुइओटा पेशर कुकर बम फेला परेको छ ।

गए राती अज्ञात समुहले सो बम राखेको हुन सक्ने इलाका प्रहरी कार्यालय लम्किका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । रातभरि पानी परिरहेको अवस्थामा कति बेला उक्त संकास्पद बस्तु कस्ले राख्यो केही खुल्न नआएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अहिले बम फेला परेको स्थानलाई सुरक्षा दिए रहेको छ । बम डिस्पोजलका लागि गोरङ्गेस्थित नेपाल सेनाको टोलिलाइ खबर गरिएको र डस्पाेजकालागी टाेली गइसकाे प्रहरी निरीक्षक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।