0 COMMENTS

काभ्रे०२साउन०७५/ पोर्चुगलका कप्तान तथा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले युभेन्टसमा आउनु पाउँदा आफु खुशी रहेको बताएका छन् । टुरिनमा युभेन्टससँग सम्झौता गरेपछि पत्रकारहरुसँग रोनाल्डोले अर्को चुनौतिको सामना गर्न इटालियन क्लब युभेन्टस आएको बताएका हुन् ।

युभेन्ट्सले सोमबार राति रोनाल्डोलाई पहिलोपटक पत्रकार सम्मेलनबाट सार्वजनिक गरेको हो । रोनाल्डोले पत्रकार सम्मेलनमा भने “यो मेरो करियरको महत्वपूर्ण कदम हो । म एकदमै खुसी छु ।”

३३ वर्षीय रोनाल्डोले रियल मड्रिडमा सर्वाधिक गोल गरेका छन् । रोनाल्डोले रियलमा ४५० गोल गरेका छन् । पाँच पटकको बालोन डी’ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

युभेन्टसले रोनाल्डोलाई यसै साता ११२ मिलियन युरोमा आफ्नो क्लबमा भित्र्याएको हो । सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका रोनाल्डो रियलसँगको सम्झौता अझै ३ बर्ष बाँकी हुँदाहुँदै युभेन्ट्स गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।