0 COMMENTS

जेन्सी। हस्तरेखाबाट भविष्यको अनुमान गर्नु निकै रमाइलो हुन्छ। तपाइँको जन्मकुण्डलीका अनुसार तपाइँको विवाह कुन दिशामा हुन्छ भन्ने जानकारी पाइन्छ। त्यसैगरी हस्तरेखामार्फत पनि विवाहको दिशाको अनुमान लगाउन सकिन्छ। विवाह कहाँबाट हुन्छ? यो प्रश्न विवाहकालागि योग्य युवा यवतीको मनमा उठ्नु स्वाभाविक हो।

परिवारका सदस्य पनि आफ्ना सन्तानको विवाहलाई लिएर चिन्तित हुन्छन्। ज्योतिषमा विवाह रेखाको स्थितिबाट विवाहको दिशाका बारेमा बताउन संभव हुन्छ। यसमा न जन्म समयको समस्या रहन्छ, न न कुनै चिनाको आवश्यकता नै पर्छ। यसमा हस्तरेखा हेरेर तपाइँको भविष्यकाबारेमा जानकारी दिइन्छ।

यदि विवाह रेखा तपाइँको मणिबन्ध रेखाकोबीचमा छ भने तपाइँको विवाह उत्तर दिशामा हुन्छ। यदि विवाह रेखा कुनै औंलाको फेदमा छ भने त्यो व्यक्तिको विवाह दक्षिण दिशामा हुन्छ।

यदि विवाह रेखा हातको मध्य भागमा छ भने पूर्व दिशा र औंलाको बीचमा छ भने विवाह पश्चिम दिशामा हुन्छ। यदि विवाह रेखा धेरै ठाउँमा काटिएको छ र चन्द्र पर्वतमा तेस्रो रेखा छ भने विवाहमा वाधा उत्पन्न हुन्छ।

यदि विवाह रेखा सूर्य रेखालाई काटेको छ वा शुक्र पर्वत विकसित भएको छ भने अनमेल विवाह हुन्छ। यदि भाग्य रेखा काटिएको छ, विवाह रेखामा द्वीप छ, शुक्र पर्वत कम देखिएको छ भने विवाह सुखमय हुन सक्दैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।