0 COMMENTS

तपाईले आफ्नो यौन इच्क्षा प्राकृतिक उपाय अपनाएर बढाउन चाहानुहुन्छ ? यदि चाहानुहुन्छ भने तपाइका लागी डा। क्याथरिन हुडले केही टिप्स दिएका छन् । डा. क्याथरिनका अनुसार तपाइमा ह्रास हुँदै गएको यौन क्षमतालाई यि प्राकृतिक उपायले केही उर्जा भर्ने काम गर्नेछन् ।

डा. क्याथरिनले दिएको पहिलो टिप्स हो अलकोअलमा कमी ल्याउनुपर्ने । यदी तपाइले बढी नै मात्रामा नियमित पिउँदै आउनुभएको छ भने त्यो मापदण्डलाई पहिलोको तुलनामा घटाउन उनले सुझाएका छन् । जसका कारण पार्टनरसँग सेक्स गर्दा यसले डरलाई दुर गर्न मद्धत गर्छ र तपाईले खुलेर काम गर्न सक्नुहुन्छ ।

त्यस्तै यौनबर्धक खानपिनमा पनि ध्यान दिन उनले सुझाएका छन् । प्रेम बढाउने कुनै पेय पदार्थ त छैन तर यौनबद्र्धक खानाले मनोरंजन भने दिन सक्छ । ती खानामा – कुरिलो, समुद्री ओयष्टर पर्छन् ।

धुम्रपानलाई कम मात्रै गर्ने नभई त्याग चिकित्सकले सुझाएका छन् । धुम्रपानले यौनाङगको रक्त बहावलाई असर गर्दछ । तर्सथ चुरोट बन्द गर्नु उत्तम हुन्छ । दैनिक २० मिनेटको शारिरीक कसरतले योनाङगको रक्तबहावलाई चुस्त दुरुस्त राख्दछ । योग आसन पनि उपयुक्त हुन्छ ।

योगमा त झन यौन समस्या समाधान गर्ने धेरै आइटमहरु पनि छन् । यौन क्षमता बढाउन अत्यन्ते जरुरी अर्को उपाय हो भुंडीलाइृ सानो आकारमा ढाल्न सक्नु । शरीरको तौल बढी हुनु आफैमा रोग भएकाले तत्कालै भुंडी घटाउन चिकित्सको सुझाव छ ।

शरीर भद्दा हुने वित्तिकै तपाईंमा यौनेच्छा पुर्णत घटेर जाने हुँदा यसलाई बेलैमा ध्यान दिन जरुरी छ । यदी यि उपाय राम्ररी अपनाएको खण्डमा तपाइको यौन जिवनले सार्थकता पाउनेछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।