0 COMMENTS

मिलन चाम्लिङ,३१ असार०७५/ धरान उपमहानगरको वडा नम्बर १३ पछि पुनःधरान उपमहानगरपालिकाको १४ नं. वडालाई बाल मैत्री घोषणा गरिएको छ । शनिवार धरान १४ हुक्पा चोङवाङ रिसोर्टमा आयोजना भएको कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदीप कुमार भण्डारीले घोषणापत्र पढेर १४ नं. वडा बालमैत्री भएको घोषणा गरेका हुन ।

सो अवसरमा बोल्दै सभामुख भण्डारीले सम्बृद्ध नेपाल, सम्बृद्ध प्रदेश र सम्बृद्ध स्थानीय तहको पहिलो नमूनाको रुपमा बालमैत्रीलाई लिएको बताए । उनले यसलाई घोषणामात्र हैन दीर्घकालीन सोच लिएर अगाडि बढ्नुपर्ने बताए । धरान १४ विजयपुर ऐतिहासिक, धार्मिक क्षेत्र भएकोले यसलाई धार्मिक पर्यटनको विकास गरेर एक नं. प्रदेशको नमूना धार्मिक क्षेत्र बनाउनुपर्नेमा जोड दिएका छन ।

भण्डारीले बालबालिका भविष्यका कर्णाधार भएका कारण उनीहरुको स्वास्थ्य, शिक्षा, बालअधिकार सुनिश्चित गरेर देश निर्माण कार्यमा लगाए देश चाडै सम्बृद्धि हुनेमा दुई मत नभएको स्पष्ट पारेका थिए ।त्यस्तै धरान उपमहानगरपालिकाकी कामु प्रमुख मञ्जु भण्डार सुवेदीले बालमैत्री घोषणापश्चात अब कार्यान्वयनका लागि सबैले अनुगमन गर्नुपर्ने बताए । बालमैत्री घोषणालाई पूर्ण रुपमा कार्यान्यनका लागि धरानका सबै वर्ग समुदाय चनाखो भएर लाग्नु्पर्नेमा जोड दिनुभयो । उहाले बालमैत्री घोषणा गर्ने वडा नं. १३ र १४ लाई जनही १ लाख २५ हजार रुपैया प्रदान समेत गरे ।सो अवसरमा बालमैत्री घोषणापश्चात आफुहरु धेरै उत्साहित भएको नगर वाल सञ्चाल धरान उपमहानगरपालिकाकी संयोजक आप्सरा खत्रीले बताइन् । उनले यसलाई दीर्घकालीन बनाउदै धरानमा सबै वडालाई बालमैत्री बनाउनुपर्नेमा जोड दिए । १४ मा १३ वटा बाल सञ्जाल रहेका छन् । यी सबै सञ्चालका प्रतिनिधिहरुले बालमैत्री घोषणा भएसंगै आफूहरुको शिक्षा, स्वास्थ्य , बालश्रम लगायतका कुरा हटेर जाने विश्वास व्यक्त गरे ।

१४ नं. वडा बाल सञ्जालकी अध्यक्ष सुचना निरौलाले कवितामार्फत नै धरान १४ लाई बालमैत्री घोषणा गरेकोमा खुशी व्यक्त गरेका छन् ।सो अवसरमा धरान उपमहानगरपालिका वडा नं. १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले १४ नं. वडाको भौगोलक अवस्था, जनसंख्या, बालबालिकाको संख्याको विस्तृत खाका पढेर सुनाएका थिए । कार्यक्रममा बालमैत्री घोषणाका लागि सहयोग पु¥याउने महिला स्वास्थ्य स्वयम् सेविका, त्यहाका कर्मचारी, १४ का सर्वसाधारण, सञ्चारकर्मी लगायतलाई प्रंशासा पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा १ नं. प्रदेशका सांसद सावित्री श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।बालमैत्री घोषणा अगाडि पञ्चेबाजासहित विभिन्न विद्यालय, बाल सञ्जालका बालबालिका, समाजसेवी, बुद्धिजीविहरुले धरान १४ विजयपुर चौकदेखि हुक्पा चोङवाङ रिसोर्टसम्म ¥यालीको आयोजना समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।