0 COMMENTS

काठमाडाैं३१असार०७५/ पछिल्लाे समय टिपरले दैनिक दुर्घटना निम्त्याइरहेका छन् । यसको प्रमुख कारण त्यसको ‘बडी स्ट्रक्चर’ नै रहेकाे प्रहरी निरीक्षक सीताराम हाछेथु बताउँछन् । उनी भन्छन्, ‘टिपर चालकसँग सोधिसकें। र आफैं पनि चालक सिटमा बसेर हेरेको छु । चालक सिटबाट अगाडि बायाँतर्फको सवारी देखिँदैन। अगाडिको बम्पर पाँच फिट लामो हुन्छ । चालकले दायाँतर्फको लुकिङ ग्लासबाट सात फिट उचाइसम्मको सवारीसाधन मात्रै देख्छ । त्योभन्दा कम उचाइको भाग देख्दैन।’

अर्को कारण टिपरको संरचना फलामै फलामबाट बनेको एउटा ढिक्का जस्तै हुन्छ । अर्को सवारीले ठक्कर दिए पनि टिपर चालक जोगिने हुँदा उनीहरूमा अहंकार बढी देखिन्छ, जसले दुर्घटना बढाउँछ ।

यो सँगै अधिकांश टिपरका चालक बढी जसो युवा छन् । अधिकांश साना सवारी टिपरको बायाँ भागबाट ओभरटेक गर्दा दुर्घटना  भएको देखिन्छ ।र दुर्घटनाहुदा पनी आर्थिक बोझ नहुने भएपछि चालकमा लापरबाही बढेको अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।