0 COMMENTS

काठमाडौं ३०असार ०७५/काठमाडौं महानगरपालिकाले उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । यात्रु चापको व्यवस्थापनसँगै वातावरणीय हिसावले उपयुक्त हुने भएकोले विद्युतीय बस सञ्चालन गर्ने तयारीमा रहेको महानगरपालिकाले जनाएको छ ।

चीन सरकारको अनुदानमा त्यस्ता बस ल्याउने तयारी भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । विद्युतीय बस ल्याउने विषयमा अहिले चीनसँग निरन्तर छलफल भइरहेको पनि उनले बताए ।

उपत्यकामा साना सर्वाजनिक सवारी साधनभन्दा ठूला बसरु सञ्चालन गर्दा यात्रुलाई सहज हुनुका साथै ट्राफिक व्यवस्थापनमा सहज हुने भन्दै महानगरले ठूला बस सञ्चालनमा लगानी गरिरहेको छ ।

महानगरले साझा यातायातको बस थप गर्नका लागि अहिलेसम्म १५ करोड रुपैयाँ लगानी गरिरहेको छ । गोरखापत्र दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।