0 COMMENTS

काठमाडौँ२८असार०७५/ सरकारले ०७२ असोजमा गरेको पाँच बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि गंगामाया अधिकारीले अनसन तोडेकी छिन् । १७ वर्षे छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई आजीवन काराबासको सजायँ माग गर्दै उनी गत जेठ १५ गतेदेखि अनशन बसेकी थिइन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन तोडाएका हुन् ।यसअघि सरकारसँग भएको पाँच बुँदे सहमति कार्यान्वय गर्ने प्रतिवद्धता जनाएपछि गंगामायाले अनसन तोडेको मन्त्री तामाङले जानकारी दिए ।

“दशदिनभित्र माग पूरा नभए पुनः अनसन बस्ने बताउनुभएको छ,” अनशन तोडाएलगत्तै मन्त्री तामाङले भने, “गंगामायाको विषयमा सरकार गम्भीर छ ।”

यसअघि सरकारले जेठो छोरो नुरप्रसाद अधिकारी र गंगामायाको सुरक्षा, हत्यामा संलग्नहरूलाई कानुनी कारवाही, क्षतिपूर्ति, तत्कालको भरण पोषण गर्ने लगायतका विषय समेटिएका थिए ।कृष्णप्रसादको हत्यामा संलग्न भनिएका छविलाल पौडेल आफैँ अदालत उपस्थित भइसकेका छन् ।अन्य आरोपित जानुका पौडेल, भीमसन पौडेल र रामप्रसाद अधिकारी भने सम्पर्कमा आएका छैनन् ।

२० लाख भरण–पोषण र एक करोडका अक्षय कोष
अनसनकै क्रममा पति नन्दप्रसाद अधिकारीले ०७१ असोज ६ गते ज्यान गुमाएका थिए । युद्धकालमा छोरा र अनशनकै क्रममा पति मारिएपछि गंगामायाले माग पूरा नभएसम्म अनसन नतोड्ने अड्डि कसेकी थिइन् ।

सरकारले पूर्व सहमति बमोजिम एक करोडको अक्षय कोष र भरणपोषणका लागि तत्काल २० लाख उपलब्ध गराउने सरकारले वचनवद्धता व्यक्त गरेको कानुनमन्त्रीले जानकारी दिए ।सुशील कोइराला नेतृत्वकै सरकारले २० लाख उपलब्ध गराउने निर्णय गरेको भए पनि गंगामायाले पाए नपाएबारे खोजवीन गरिने कानुनमन्त्रीको भनाइ थियो ।

“उहाँको नागरिकता हराएको भन्ने कुरा आएको छ । नागरिकता रहेनछ भने सरकारले बनाएर पनि रकम उपलब्ध गराउँछ,” उनले भने ।अक्षय कोषमा जम्मा भएको पैसाको भने उनले ब्याजमात्रै भोगचलन गर्न पाउनेछिन् ।कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । हत्याको जिम्मा तत्कालीन नेकपा माओवादीले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।