0 COMMENTS

मिलन चाम्लिङ,२८धरान०७५/ धरानमा रहेको सुपरमार्केट गुणस्तरहिन खाद्यान्न बिक्रि गर्दै अाएकाे भेटीएकाे छ । नाम चलेका सुपरमार्केटहरुले गुणस्तरहिन खाद्यान्न वस्तुहरु बिक्रि वितरण गरि उपभोक्ताहरुको स्वास्थ्य माथि खेलवाड गरिरहेको पाईएको छ । धरानमा संचालनमा रहेका ठुला सुपरमार्केटहरुमा गुणस्तरहिन वस्तुहरु फेला परे पछि उपभोक्ताको स्वास्थ्य माथि खेलवाड भैरहेको खुलासा भएको हो ।

वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको उद्योग वाणिज्य उपभोक्ता संरक्षण विभागले धरानमा गरेको खाद्यान्न अनुगमनका क्रममा अधिकांश ठुला सुपरमार्केटहरुमा म्याद गुज्रेका खाद्य सामग्री, कुहिएका खाद्यन्नहरु बिक्रि वितरण गर्ने गरिएको भेटिएको छ । विभागका दुई जना शाखा अधिकृत सहित कर्मचारी, राष्ट्रिय उपभोक्ता मञ्च सुनसरीका पदाधिकारी, प्रहरी कार्यालयका प्रतिनिधी र ईलाका प्रशासन कार्यालयका प्रतिनिधीहरुको टोलिले भाटभटेनी सुपर मार्केट, गोर्खा डिपार्टमेन्ट स्टोर, बराह डिपार्टमेन्ट स्टोर, भवानी श्री टेडर्स, गोपाल किराना पसल लगायतका ठुला पसलहरुमा अनुगमन गरेको थियो । विभागबाट आएको टोलिले त्यसै गरि कृषि उपज बजार स्थलमा संचालनमा रहेका पसलहरु दर्ता बिना संचालन गरिएको पाईएको छ ।

हजाे असार२७ गते विहीबार धरानका ठूला सुपरमार्केटहरुमा गरिएको अनुगमनका क्रममा खाद्यान्न सामग्रीहरुको मुल्य सुची नभएको, कम तौलको प्याकिङ खाद्यन्नहरु भेटिएको हो । धरानमा रहेको भाटभटेनी सुपर मार्केटमा कुहिएका फलफुलहरु, मुल्य नराखिएको ब्रेड, म्याद गुज्रिएका मिठाईहरु भेटिएको विभागका शाखा अधिकृत श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार गोपाल किराना पसल, गोर्खा डिपार्टमेन्ट स्टोर, सेल्सबेरी, भवानी श्री ट्रेडर्स लगायतका डिपार्टमेन्ट स्टोरहरुमा म्याद गुज्रिएको, मुल्य सुची नराखिएको अवश्थामा खाद्यान्न सामग्री बिक्रि गरिएको भेटिएको हो । धरानको खाद्य बजार अस्तव्यस्त रहेको पाएको बताउदै विभागका शाखा अधिकृत रामकृष्ण श्रेष्ठले व्यवसायीहरुलाई सचेत गराइएको र स्थानीय तहमा जानकारी गराई अनुगमनका लागि निर्देशन दिईने बताए । स्टोरलाई विभागले सचेत गराएर छाडेको छ । शिलबन्दी गरिएका वस्तुहरु नष्ट गर्न निर्देशन दिएको उनले बताए ।

त्यसै गरि भवानी श्री टे«डर्समा कम तौल भएको चामलका बोरा भेटिएको छ । उनलाई ७ दिन भित्र स्पष्टिकरण पत्र सहित ईलाका प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिईएको उनले बताए । करिब १५ वटा पसलहरुका अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका सबै खाद्यान्न वस्तु नष्ट गरिएको श्रेष्ठले बताए । कोशी पहाडी जिल्लाको प्रमुख कृषि उपज बजार स्थल धरान–१३ मा रहेको कृषी उपज बजार स्थल अन्र्तगत संचालन भएका पसलहरुमा सामानको भण्डारणमा ध्यान नदिएको, अव्यवस्थित रुपमा राखिएको, नापतौलमा समस्या भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।