0 COMMENTS

 काठमाडौँ२७असार०७५ / टिपरको ठक्करबाट मृत्युका घटना बढेपछि गृह मन्त्रालयले दिउँसोको समयमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार गृहमन्त्रालयले राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई निर्देशन दिएको छ ।

अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृह मन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले गृहले यो नियम साउन १ गतेदेखि कार्यान्वय गर्ने गरी निर्देशन दिएको छ । ‘बिहान ५ बजेसम्म मात्रै चलाउन दिने वा ७ बजेसम्म भन्ने विषयमा चाहिँ छलफल भइरहेकै छ’, उनले भने । गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी अाउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।

मंगलबार मात्रै जडीबुटीमा टिपरको ठक्करले झापा घर भई दूधपाटी बस्ने रोयल सुवेदीको मृत्यु भएको थियो । उक्त स्थानमा जेठ तीसमा पनि टिपरको ठक्करबाट स्कुटरम रहेकी अस्मिता राजभण्डारीको मृत्यु भएको थियो । महानगरीय प्रहरी ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७४ को जेठ महिनामा मात्रै टिपरले १९ जनाको ज्यान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।