0 COMMENTS

काठमाडौं१८असार०७५/ रुसमा जारी विश्वकप २०१८ मा अब विश्वका चर्चित र करोडौं दर्शकले मनपराएका खेलाडी रोनाल्डो, मेस्सी जस्ता बढी रुचाइएका खेलाडी यो सजिनमा देखिने छैनन् । तर उनिहरुकै तहका उदयमान खेलाडी पनि छन् भन्ने कुरा हामिले बिर्षनु हुन्न । हिजो शनिबार विश्वकपमा उपाधिको दाबेदार मानिएका दुई हेभिवेट टिम अर्जेन्टिना र फ्रान्सबीच शनिबार बेलुका भएकोको प्रिक्वार्टरफाइनल खेललाई धेरैले चासोको साथ हेरेका थिए ।

एकातिर लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको टिम र अर्कोतिर युवा खेलाडीहरुले भरिएको फ्रान्सबीचको खेल धेरै नै रोमाञ्चक रहृयो । गोलको वर्षा नै भएको उक्त खेलमा एक १९ वर्षका ठिटोले सनसनी मच्चाए । जो हुन् फ्रान्सका खेलाडी अम्बाप्पे । उनले अर्जेन्टिना बिरुद्ध दुई गोल गरेका छन् ।

काजानमा भएको खेलमा फ्रान्सले अर्जेन्टिनामाथि ४ ३ को जीत हात पार्दा फ्रान्सका युवक केलियन एमबाप्पे खेलको नायक बने ।बलियो प्रतिस्पर्धी अर्जेन्टिनाको डिफेन्सलाई ध्वस्त बनाउँदै फ्रान्सलाई क्वार्टरफाइनलमा पुर्‍याएपछि सबैतिर उनको चर्चा भइरहेको छ ।

को हुन् एम्बाप्पे

सन् १९९८ डिसेम्बर २० मा जन्मिएका एमबाप्पेको पूरा नाम लोटिन किलियन एमबाप्पे हो । गएको सिजन मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मेन पीएसजी आएका उनले लोभलाग्दो प्रदर्शन गरिरहेका छन् । गत सिजन चोटको कारण धेरै खेल गुमाए पनि उनले लिगमा १३ गोल गरेका थिए ।

सानै उमेरबाट फुटबल खेल्न थालेका उनी एएस बोन्डीको युथ एकेडेमीका उत्पादन हुन् । त्यसपछि आइएनएफ क्लारेफोन्टेन हुँदै मोनाको पुगेका उनी सत्र वर्षको उमेरमै मोनाकोको सिनियर टिमबाट डेब्यु गर्दै नियमित गोलकर्ता बन्न सफल भए ।

सन् २०१६-१७ को सिजन मोनाकोलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेपछि उनलाई पीएसजीले कीर्तिमानी रकम तिर्ने सम्झौता गर्दै लोनमा भित्र्याएको हो ।

यो सिजन लागेसँगै पीएसजीले उनको लागि १ सय ८० मिलियन युरो मोनाकोलाई तिर्नेछ । यो रकम पीएसजीले नै नेइमारको लागि बार्सिलोनालाई तिरेको २ सय २२ मिलियन युरो पछिको दोस्रो ठूलो ट्रान्सफर रकम हो ।

विश्वकै दोस्रो महंगो खेलाडी भए पनि उनी उदार दिलका छन् । उनलाई देश प्रतिनिधित्व गरेर खेल्दा पैसा लिन हुँदैन भन्ने महसुस हुन्छ ।
त्यसैले उनले आफूले फ्रान्सको जर्सी लगाएर खेल्दा पाउने सबै रकम अपाङ्ग बच्चाहरुको लागि दान दिने बताएका छन् ।

उनले विश्वकपमा खेलमा प्रति खेल बराबर १७ हजार पाउण्ड प्राप्त गर्छन् । त्यस्तै फ्रान्सले विश्वकप जितेमा उनले पारिश्रमिक बाहेक दुई लाख पैंसठ्ठी हजार पाउण्ड बोनसको रुपमा प्राप्त गर्नेछन् । उनले आफूले प्राप्त गर्ने रकम र बोनस अपाङ्ग बालबालिको क्षेत्रमा काम गर्ने च्यारिटी संस्था प्रायर्स डे कोर्डेस एसोसिएसनलाई प्रदान गर्ने घोषणा गरेको फ्रान्सेली दैनिक लि इक्विपेले जनाएको छ ।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।