0 COMMENTS

काभ्रे११असार०७५/  कोलम्बियाले रुसमा जारी फिफा विश्वकप २०१८ को समूह एचको खेलमा पोल्यान्डलाई सानदार रुपमा पराजित गरेको छ ।आइतबार राति भएको खेलमा पोल्यान्ड कोलम्बियासँग ३-० गोल अन्तरले पराजित भएको हो। यो हारसँगै पोल्यान्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । कोलम्बियालाई खेलको ४०औँ मिनेटमा येरी मिनाले अग्रता दिलाएका थिए। पहिलो हाफ एक शून्यको अवस्थामा सकिएको थियो भने दोस्रो हाफमा कोलम्बियाले थप दुई गोल र्गयो र आफ्नो नकआउट चरण प्रवेशको सम्भावना खुलै राख्यो ।

दाेस्राे हाफमा कोलम्बियाका राडामेल फल्काओले ७०औँ र ७५ औँ मिनेटमा जुआन चुवाड्राडोले गोल गरेका थिए। गोल खाएपछि बिछिप्त पोल्यान्डका खेलाडी अब समूह एचबाट नकआउट चरणमा प्रवेशका लागि कोलम्बिया, सेनेगल र जापानको सम्भावना रहेको छ। यी तीनमध्ये दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् जसको टुंगो समूहका अन्तिम खेलले लगाउनेछन् ।

विश्वकप २०१८ को आइतबारको दोस्रो खेलमा समूह एचका जापान र सेनेगलले बराबरी खेलेका छन् ।
एसियाली देश जापान र अफ्रिकन देश सेनेगलले २(२को बराबरी खेलेका हुन्। यी दुई देशको यो बराबरीसँगै दुवै देश नकआउट चरणमा पुग्नबाट रोकिएका छन्। यो समूहबाट जापान र सेनेगलको विजेता अर्को चरणका लागि छनोट हुने थियो ।

तर बराबरीले यी दुई देशले तेस्रो खेलको नतिजा कुर्नुपर्ने भएको छ। खेलको पहिलो गोल सेनेगलका सादियो मानेले ११औँ मिनेटमा गोल गरेर अग्रता लिए। जसलाई जापानका टाकासी इनुइले ३४औँ मिनेटमा बराबरी गरेका थिए। सेनेगलले १९ वर्षीय मोउसा वागुइले ७१औँ मिनेटमा गरेको गोलको मद्दतमा अग्रता लियो ।

उक्त अग्रतालाई पनि जापानका केइसुके हुन्डा ७८औँ मिनेटमा गोल गरेर बराबरी गरे। उक्त गोल नै खेलको अन्तिम गोल भयो र खेल बराबरीमा सकियो । खेलको म्यान अफ द म्याच सेनेगलका माने भए। जापान र सेनेगलले खेलेको बराबरीले एक एक खेल हारेका पोल्यान्ड र कोलम्बियालाई पनि नकआउट चरणको सम्भावना कायमै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।