0 COMMENTS

 काठमाडौं १०असार०७५/ २०१८ विश्वकप अन्तर्गत समूह ‘एच’ को खेलमा जापान र सेनेगलको २ – २ गाेलको बराबरी भएकाे छ ।

सेनेगलले एक गोलकाे सैडियो मेनले ११ अाैँ मिनेटमा एक गोल गरेका थिए, भने अर्काे गाल ७१ अाैँ मिनेटमा मूस वागुएले गरेका हुन् । जापनकाे टाकासि इनुले  ले ३४ अाैँ मिनेटमा एक गाेल गरेकाे हाे । केसुक होंडाले ७८ अाैँ मिनेटमा अर्काे गाेल पनि फार्काएकाे छ ।

खेल नेपाली समयअनुसार ८ः४५ मा सुरु भएको हो। जापानले कोलम्बियालाई २–१ ले हराउँदै उत्कृष्ट खेल पस्केको थियो। तर जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई अपेक्षाकृत दबावमा राख्न सकेन। पहिलो खेलमा हात पारेको ३ अंकले जापानको आत्मविश्वास बढेको थियाे । पहिलो खेलमा पोल्यान्डमाथि जित निकालेको सेनेगल जारी विश्वकपमा लयमा देखिएको अफ्रिकन टिम हो।सेनेगल र जापान बाराबारीमा राेकिएकाे छ । अब तेस्राे खेल ११ ः ४५ मा काेलम्विया र पोल्यान्डबीच हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।