0 COMMENTS

काठमाडौं०७असार०७५/ रुसमा जारी ‘विश्वकप २०१८’ अन्तरगत आज ‘सी’ र डीका तीन खेल भइरहेको ‘सी’ अन्र्तगत पहिलो खेलमा अष्ट्रेलिया र डेनमार्कबीचको खेलमा १ – १ गोलले बराबरीमा सकिएको छ । डेनमार्कको क्रिस्टियन एरिकसेनले एक गोल गेरको हो भनेअष्ट्रेलियाको मिले जेडिनकाले एक गोल गरेका हुन् ।

अष्ट्रेलियाले पोलको कर्नरबाट गरेको प्रहरा गोलमा परिणत हुन सकेन । लेकीको निकै सुन्दर हेडिङ डेनमार्कका किपरले बचाएका छन् ।
अष्ट्रेलियाका नब्बाउटको हातमा चोट लागेको छ, उनी बाहिरिएपछि जुरिक मैदान प्रवेश गरेका छन् । अष्ट्रेलियाका लागि रोजिकले गरेको प्रहार किपरले उत्कृष्ट बचाउ गरेका छन् । अष्ट्रेलियाका लागि मुइले गरेको प्रहार गोल हनु असफल भएको छ । अष्ट्रेलियाले बनाएको गोलको अवसरलार्इ डेनमार्कले आउट गरेपछि पाएको कर्नर पनि गोलमा परिणत हुन सकेन ।

डेनमार्कले अष्ट्रेलियाको गोलपोष्ट नजिकैबाट थ्रो पाएको थियो । डेनमार्कले पाएको कर्नरलार्इ अष्ट्रेलियाले असफल तुल्याएको हो । अष्ट्रेलियाले गोलको प्रयास गरे पनि डेनमार्कका डिफेन्सहरुले बचाएका हुन् । डेनमार्कका लागि युरारीको प्रहार बाहिरिए । डेनमार्कले निकालेको पासलार्इ अष्ट्रेलियाले विफल पारे ।

आजको खेलमा अष्ट्रेलिया र डेनमार्कको खेल बराबरी भएको हो । दोस्रो खेल फ्रान्स भर्सेस पेरुको हुदैँछ, भने आजै हुने तेस्रो खेलमा समुह डीमा रहेको अर्जेन्टिना भर्सेस क्रोएसियाबीच हुदैँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।