0 COMMENTS

केवल स्वस्थ खानाले मात्र शरीर स्वस्थ रहँदैन । यो पनि ध्यान राख्न आवश्यक हुन्छ कि खान खाईसकेपछी हामी के गर्छौँ । खानाको पुरा फाइदा हामीलाई तब मिल्छ जब डाइजेशन सहि तरिकाले भैरहेको हुनेछ र खानाको सम्पूर्ण न्यूट्रीएन्ट्सलाई हाम्रो शरीरले प्राप्त गर्छ ।

तर हामी केही यस्ता गल्तीहरू गर्ने गर्छौँ, जसको हाम्रो शरीरमा नकारात्मक असर पर्छ । यी गल्तीहरू मध्य एक यस्तो गल्ती छ, जसलाई दिनहुँ गर्नाले क्यान्सरको खतरा दुईगुणा बढ्छ । यसकारण चिकित्सकका अनुसार खाना खाईसकेपछी तुरुन्त गर्न नहुने कामलाई यहाँ चर्चा गरिएको छ ।

स्मोकिंग गर्नु

खाना खाईसकेपछी तुरुन्त स्मोकिंग गर्नाले क्यान्सर र मुटु रोगको खतरा दुई गुणा बढ्छ ।

चिया पिउनु

खाना खाईसकेपछी तुरुन्त चिया पिउँदा चियाको पातमा पाईने एसिडिटी प्रोपर्टी एसिडिटीको समस्या बढाउन सक्छ । खाना खाएको १ घण्टा पछी चिया वा कफी पिउन सकिन्छ ।

ब्रश गर्नु

खाना खाईसकेपछी तुरुन्त ब्रश गर्नाले दाँतको इनेमल( माथिल्लो तह) निस्कन्छ । यसले दाँतमा ब्याक्टेरिया लाग्ने खतरा बढ्छ । यसकारण आधा घण्टा पछी ब्रश गर्न सकिन्छ ।

नुहाउनु

खाना खाईसकेपछी आधा घण्टा भित्र नुहाउँदा डाइजेशन ढिलो हुन्छ । खाना पूर्ण रूपमा डाइजेस्ट नहुनुको कारणले एसिडिटी र कब्जियतको समस्या हुनसक्छ ।

फलफूल खानु

खाना खाईसकेपछी एक घण्टा भित्र फलफूल खाँदा एसिडिटी र इनडाइजेशन हुनसक्छ । यसो गर्नाले ओभरइटिंग हुनसक्छ, जसले मोटोपन पनि बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।