0 COMMENTS

काठमाण्डाै०६असार०७५/खेलको शुरुवात मै हेडद्वारा सुन्दर गोल गरेपछि पोर्चुगलले समूह बी तर्फ मोरक्कोलाई १–० ले हराएको छ । लुज्निकी स्टेडियममा बुधबार भएको खेलमा रोनाल्डोले खेलको चौथो मिनेटमा नै गोल गर्न सफल भएका थिए । समूहमा पहिलो जितसँगै पोर्चुगलले प्रि–क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पोर्चुगलको २ खेलबाट ४ अंक पुगेको छ । पोर्चुगलले अब समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । उत्कृष्ट खेल प्रदर्शन गरे पनि मोरक्कोले गोल गर्न नसक्दा विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । मोरक्कोको पक्षमा ५२ प्रतिशत समय बल नियन्त्रणमा रहेको थियो भने पोर्चुगलको

पक्षमा ४८ प्रतिशत रहेको थियो । त्यस्तै ३३ बर्षिय पोर्चुगिज कप्तान अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हंगेरीका पुस्कासलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा माथि अब १०९ गोलका साथ इरानका लिजेण्डरी फुटबलर अलि दाई मात्र छन् । साथै जारी विश्वकपमा चार गोल गरिसकेका रोनाल्डो गोल्डेन बुटको दावेदार समेत हुन् । यस्तै आजको खेलमा हेड गोलसँगै रोनाल्डो एकै विश्वकपमा दायाँर बायाँ खुट्टा र हेडगोलगर्ने दोस्रो पोर्चुगिज खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।